कर्णाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

कर्णाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • कर्णाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

    काठमाडौं । कर्णाली नदीमा नुहाउने क्रममा बगेर दुई बालिका बेपत्ता भएका छन् । बाजुराको जगन्नाथ गाउँपालिका–२ मा साेही ठाउँ बस्ने १५ वर्षीया सोबिना शाह र १३ वर्षीया सन्जुकुमारी शाही कर्णाली नदीमा बेपत्ता छन् ।

    बिहीबार दिउँसो उनीहरूसँगै अन्य तीन जना बालिका नुहाउने क्रममा नदीमा बगेका थिए ।

    बगेको देखेपछि स्थानीयले तीन जना बालिकाको सकुशल उद्धार भएको थियो । 

    बेपत्ता बालिकाहरूको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij