काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनिएका दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी गरेको अभियोगमा जेल परेका थिए । अदालतमा तीन दिन बयान र थुनछेक बहस भएपछि अदालतले पुनलाई ४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेह दिएको हो ।