तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

    काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामै ७ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो । 

    आज प्रतितोला ७ सय रुपैयाँ बढेसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि बैशाख ४ गते सुनको मूल्य तोलाको १ लाख ३९ हजार २ सय रूपैयाँ कायम हुँदै रेकर्ड कायम गरेको थियो ।

    शुक्रबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij