काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका– १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बस सिन्धुपाल्चोकको टौथली नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।