सचिवमा बढुवाका लागि केदारनाथ शर्मा र वैकुण्ठबहादुर अधिकारीको नाम सिफारिस

सचिवमा बढुवाका लागि केदारनाथ शर्मा र वैकुण्ठबहादुर अधिकारीको नाम सिफारिस

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • सचिवमा बढुवाका लागि केदारनाथ शर्मा र वैकुण्ठबहादुर अधिकारीको नाम सिफारिस

    काठमाडौं । सचिव पदमा बढुवाका लागि दुई उपसचिव सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवका लागि केदारनाथ शर्मा र लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखापरीक्षक) वैकुण्ठबहादुर अधिकारीको एकल नाम बढुवाका लागि सिफारिस गरेको हो ।

    राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राया महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको हो ।

    त्यस्तै तत्कालीन कायममुकायम महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको विशिष्ट श्रेणी (उपमहालेखापरीक्षक) पदमा महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक एवं प्रवक्ता अधिकारीको नाम एकल सिफारिस भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij