काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । लागूऔषध मुद्दामा फरार रहेको भन्दै लामालाई बुधबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । तर, लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेपछि छुटेका हुन् ।
लामा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए ।