पाविकेले स्वीकृत नगरेका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गरिने

पाविकेले स्वीकृत नगरेका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गरिने

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • पाविकेले स्वीकृत नगरेका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गरिने

    काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नभएका विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । केही विद्यालयले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी स्वीकृत नभएका विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरिरहेको गुनासो आएको भन्दै केन्द्रले यसबारे सचेत गराएको हो ।

    सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइहरुलाई अनुगमन गर्न र अनुगमनको क्रममा कानुनी व्यवस्था विपरीत पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गर्न समेत केन्द्रले अनुरोध गरेको छ ।

    यसअघि केन्द्रले सबै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक/ पाठ्यसामग्री/सिकाई सामग्री मात्र प्रयोग गर्न गराउन सूचित गरिसकेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij