सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइते भएका एकको मृत्यु

सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइते भएका एकको मृत्यु

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइते भएका एकको मृत्यु

    काठमाडौं । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

    दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा१ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका–२ ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो। विक सो दुर्घटनाग्रस्त बसका बसधनी थिए ।

    बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो। अरू घाइतेको दाङमा उपचार भइरहेको छ ।

    सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij