विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, ६ वटा खोलामा २८ आयोजना निर्माणाधीन

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, ६ वटा खोलामा २८ आयोजना निर्माणाधीन

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, ६ वटा खोलामा २८ आयोजना निर्माणाधीन

    फुङ्लिङ। ताप्लेजुङ विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्।

    विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन्। ती आयोजनाबाट १ हजार ६ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ।

    मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलामा ४ जलविद्युत् आयोजना निर्माणाधीन छन्। मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट १ सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुने छ।

    काबेली खोलामा ४ वटा आयोजना निर्माण भइरहेका छन्। ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ।

    यसैगरी, पालुङखोलामा निर्माणाधीन २ आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ। सोना खोलामा हिमाली हाइड्रोपावरले ९ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ। सिदिङवा गाउँपालिका(१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले ४ दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ। रासस

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij