ट्यांकरको ठक्करबाट बारामा प्रहरी जवानको मृत्यु

ट्यांकरको ठक्करबाट बारामा प्रहरी जवानको मृत्यु

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • ट्यांकरको ठक्करबाट बारामा प्रहरी जवानको मृत्यु

    काठमाडौं । ट्यांकरले ठक्कर दिँदा बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक जना प्रहरी जवानको मृत्यु भएको छ।

    सोमबार राति पथलैयाबाट वीरगञ्जतर्फ आइरहेको ना ७ ख ३०२६ नम्बरको ट्यांकरले सोही दिशामा आउँदै गरेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवान दिनेशबहादुर परियार घाइते भएका थिए। उनको उपचारको क्रममा एलएस न्युरो अस्पताल परवानीपुरमा मृत्यु भएको बारा प्रहरीले जानकारी दिएकाे छ । 

    अछाम चउरपाटी गाउँपालिका वडा नम्बर– १ निवासी प्रहरी जवान जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए। घटनापछि ट्यांकरलाई नियन्त्रणमा लिइएको तथा चालक फरार रहेको प्रहरीले जनाएकाे छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij