सर्लाहीमा जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ

सर्लाहीमा जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • सर्लाहीमा जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ

    काठमाडौं । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा)का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो ।

    आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको छ । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरीले जनाएको छ । सुरुमा पूर्वसांसद साहका कामदार राजेन्द्र महतोमाथि आक्रमण भएको थियो । पछि पूर्वसांसद साहमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ ।

    आक्रमणमा परेर रवि पासवान र निकेश साह पनि घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो । साह थप उपचारका लागि काठमाडौँमा रिफर गरिएको छ । 

    कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij