जातिय भेदभावको आरोपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

जातिय भेदभावको आरोपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • जातिय भेदभावको आरोपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

    काठमाडौं । जातीय भेदभाव कसुरमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीलाई शनिबार साँझ झापाको बिर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    गिरीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गएको चैत २८ गते जाहेरी दिएका थिए ।

    गिरीलाई झापाकै बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

    पोर्तेललाई गिरीले दुई साताअघि फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij