प्रतिनिधिसभाको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • प्रतिनिधिसभाको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

    काठमाडौं ।  संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

    गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिएको छ ।

    आजको संसद बैठक बस्नुअघि कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । ​

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij