आजदेखि हट्यो माइतीघरदेखि बानेश्वरसम्मको ‘निषेधित क्षेत्र’

आजदेखि हट्यो माइतीघरदेखि बानेश्वरसम्मको ‘निषेधित क्षेत्र’

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • आजदेखि हट्यो माइतीघरदेखि बानेश्वरसम्मको ‘निषेधित क्षेत्र’

    काठमाडौं । काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिवारदेखि हटेकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार एक सूचना जारी गर्दै गत फागुन ४ गते लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । 

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा भनिएको छ, “हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौँको आजको सिफारिशअनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित गरिन्छ।”

    यसअघि काठमाडौँका विभिन्न स्थानमा २ महिनासम्मका लागि भन्दै भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij