काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा.डा.केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए ।
त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति ९प्रधानमन्त्री०ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।
रजिष्ट्रारमा नियुक्त रिजाल त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा। केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक हुन् ।