हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो

हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो

शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो

    काठमाडौँ । युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए । 

    उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताए  । “युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ”, उनले भने, “यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ ।”
     
    हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष १२ अर्ब रुपैयाँको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ । मङ्सिरदेखि पुसमा मात्रै ८ अर्ब रुपैयाँको निर्यात भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij