२० किलो गाँजासहित महोत्तरीबाट २ जना पक्राउ

२० किलो गाँजासहित महोत्तरीबाट २ जना पक्राउ

बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • २० किलो गाँजासहित महोत्तरीबाट २ जना पक्राउ

    काठमाडौं । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ बस्ने वर्ष ३२ का कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन रहेका छन् । 

    पक्राउ परेका अंसारी भंगहा नगरपालिका वडा नम्बर ६ का वडासदस्य हुन् ।बर्दिबास नगरपालिका १४ स्थित ट्राईल सेन्टर छेउबाट ईलाका प्रहरी कार्यालय बर्दिवासको टोलिलाई देख्नासाथ परिचय नखुलेको ३ जना पुरुषले बोकी ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेका थिए । बोरामा २० किलो ९७४ ग्राम बरामद भएको थियो ।

    खोजतलासको क्रममा २ जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij