घुस लिँदै गर्दा पोखरा महानगरपलिकाकी सब-इन्जिनियरसहित दुई पक्राउ

घुस लिँदै गर्दा पोखरा महानगरपलिकाकी सब-इन्जिनियरसहित दुई पक्राउ

बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • घुस लिँदै गर्दा पोखरा महानगरपलिकाकी सब-इन्जिनियरसहित दुई पक्राउ

    काठमाडौं । पोखरामा सेवाग्राहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब-इन्जिनियरसहित दुई जना  पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । 

    सब-इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको हो । उनीहरुसँग सेवाग्राहीसँगबाट लिएको १ लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि उक्त रकम मागेको अख्तियारले जनाएको छ ।

    कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब–इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट आख्तियारको टोलीले पक्राउ गरेको थियो ।

    उनले पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्सा दिनका लागि आर्थिक लेनदेन भएको बताए । यसैगरी, पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य प्रकाश कोइरालाले एक जनाबाट डेढ लाख रुपैयाँ बरामद भएको बताए । अख्तियारले अब उनीहरुविरूद्ध प्रक्रिया पूरा गर्दै कारबाही गर्ने भएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij