सर्वोच्चद्धारा गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्धारा गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाऊ आदेश जारी

बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • सर्वोच्चद्धारा गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाऊ आदेश जारी

    काठमाडौँ ।  सवोच्च अदालतले गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाउ सहित अन्तरिम आदेश जारी भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले त्यस्तो आदेश दिएका हुन् ।  

    नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वमा सरकार गठन प्रकृया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पुर्‍याउनु असंवैधानिक भएको जिकिरगर्दै रिट निवेदन दायर गरेका थिए ।रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेश गरेकोले उनलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको थियो ।

    रिट निवेदनमा सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पुरयाउन नमिल्ने जिकिर गरिएको थियो । सर्वोच्चको आदेशमा गण्डकी सरकारलाई दुुरगामी निर्णय नगर्न समेत आदेश गरेको बताइएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij