वैशाख पहिलो साताबाट मनाङमा यार्सा सङ्कलन गर्न अनुमति, ३५ हजार शूल्क तिर्नुपर्ने

वैशाख पहिलो साताबाट मनाङमा यार्सा सङ्कलन गर्न अनुमति, ३५ हजार शूल्क तिर्नुपर्ने

बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • वैशाख पहिलो साताबाट मनाङमा यार्सा सङ्कलन गर्न अनुमति, ३५ हजार शूल्क तिर्नुपर्ने

    काठमाडौं । आगामी वर्षको वैशाख पहिलो साताबाट मनाङमा यार्सा सङ्कलन गर्न अनुमति दिइने भएको छ । विकट गाउँपालिका नार्पाभूमिको नार र फूबाहेक अन्य स्थानमा मनाङी लगायत अन्य जिल्लावासीका लागि समेत अनुमति दिने गरी तयारी गरिएको हो । 

    मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाका लागि उपर्युक्त सिजनका रुपमा लिइन्छ । यार्सा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्यखर्कमा गोरखाका ७ जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि मनाङको साविकको नार र फू गाउँ विकास समितिमा यार्सा सङ्कलन रोकिएको थियो । 

    यार्सा सङ्कलनका लागि ३५ हजार शुल्क तोकिएको छ । नार्पाभूमि गाउँपालिकामा जेठ दोस्रो हप्ताबाट मात्रै यार्सा संकलन हुनेछ भने जिल्लाका अन्य स्थानमा भने वैशाखको पहिलो साताबाट नै संकलनका लागि खुला गरिने नार्पाभूमि गाउँपालिकाले जनाएको छ । 

    मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङको नाम्ग्य खर्क, किचो लेक, याक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेकलगायतका लेकहरू यर्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिनेछ । असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिने समय हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij