पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

    काठमाडौं । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुन असफल भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बहुमत सदस्यले विपक्षमा मतदान गरेपछि उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने उनको प्रस्ताव अस्वीकृत भएको हो ।

    उनलाई कांग्रेस, लोसपा लगायतका दलले मात्रै मतदान गरेका थिए ।

    उनको पक्षमा १६ र विपक्षमा ३९ मत परेको राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले जानकारी दिए । ५९ सदस्य रहेको राष्ट्रिय सभामा ५५ जना उपस्थित रहेका थिए ।

    राष्ट्रिय सभामा अहिले उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने एमाले सांसद विमला घिमिरेको प्रस्तावमाथि मतदान प्रक्रिया सुरु भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij