सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि माग गरेको छ ।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘विगतदेखि हामीले माग गर्दै आएको २०४७ सालयता सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्तिउपर उच्चस्तरीय छानबिन समिति गठन गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले अहिले यही माग अघि सारेको छ, त्यो उपयुक्त छ ।’

    सहकारी ठगीका साथै विसं २०४७ यता भएका सम्पूर्ण ठगीको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उनले बताएका छन् ।

    यसअघि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरुका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij