काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउपालिकामा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पाणिनी ८ कोलडाडाको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा भुमिकास्थान नगरपालिका वडा नम्बर ८ निम डाडाँ का ६ वर्षिय आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा परि अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ । घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।
घाईते हुनेमा भूमिकास्थान नगरपालिका ८ का चालक ३४ वर्षिय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षिय सम्झना क्षेत्री, उनकी छोरी ईभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका १२ कि सविता अधिकारी, पोखरा १२ का १५ वर्षिय प्रजोल कंडेल, पोखरा कै ४२ वर्षिय गिता कंडेल र १० वर्षिय जेशन बस्नेत रहेको प्रहरीले जनाएको छ । कार सडक देखि करिव २सय मिटर तलखसेको थियो ।