काठमाडौं । सरकारले चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्र (ईद) भोलि बिहिबार परेको हुनाले भोलिको लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको नेपाल सरकार गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आज एक बिज्ञप्ती जारी गर्दै मुस्लिम समुदायको इद पर्वको अवसरमा नेपालमा चैत २९ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको हो।
मुस्लिम धर्मावलम्वीहरुको एक महिने ब्रत आज साँझ सकिँदै छ। इद उल फित्र पर्व एक महिनाको ब्रत रोजा सकिएको दिन साँझमा चन्द्रमा देखिएमा भोलिपल्ट इद मनाउने गरिन्छ।
