बागमती नगरपालिका मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बागमती नगरपालिका मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • बागमती नगरपालिका मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं ।  सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार १ सय ८१ रूपैयाँ बिगो दाबी गर्दै आज मुद्दा दायर गरेको हो ।

    २०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको स्रोत खुल्न आएको कुल आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ । 

    कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

    थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ । माओवादीका थापा यस कार्यकालका लागि पनि मेयर निर्वाचित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij