डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका थप २ जना नेपाली सैनिकको मृत्यु

डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका थप २ जना नेपाली सैनिकको मृत्यु

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका  थप २ जना नेपाली सैनिकको मृत्यु

    काठमाडौं । डोल्पाको जंगलमा लागेको डढेलो निधाउने क्रममा जलेर घाइते भएका थप २ सैनिकको मृत्यु भएको छ । सोमबार ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । 

    ४ जना घाइतेमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो । मंगलबार कीर्तिपुर अस्पतालमा भने जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको हो । १ जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । प्युठ विजय कोइरालाको भने उपचार भइरहेको छ ।

    सामुदायिक वनमा केही दिनदेखि डढेलो लागेपछि नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij