काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि जुलुस तितरबितर भएको छ ।
राप्रपाको जनप्रदर्शन अवरोध छिचोल्दै जुलुस भद्रकालीबाट सिंहदरबार पुगेको थियो ।