एक वर्षमा आगलागीबाट १ सय २ जनाको मृत्यु

एक वर्षमा आगलागीबाट १ सय २ जनाको मृत्यु

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • एक वर्षमा आगलागीबाट १ सय २ जनाको मृत्यु

    काठमाडौं । गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा १ सय २ जनाको मृत्यु भएको छ । 

    देशका विभिन्न क्षेत्रमा यो अवधिमा ३ हजार ७ सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा १ सय दुईजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

    आगलागीबाट सो अवधिमा ४ हजार ७ सय २५ परिवार प्रभावित भएका छन् । आगलागीबाट २ अर्ब ३३ करोड रुपैयाँ बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिए । उनले बीचमा पानी परेका कारण आगलागी घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गरेका छन् ।

    यस वर्ष जाजरकोट भूकम्पबाहेक विपद्मा परेर मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन् । सोही अवधिमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । सर्पदंशबाट २०, हिमपहिरामा परेर १२, जनावरको आक्रमणबाट ४३, वन डढेलोबाट पाँच जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । वैशाखयताका विपद्जन्य घटनामा चार सय ७७ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij