मध्यपुर थिमि बिस्काः जात्रा सम्बन्धि डकुमेन्ट्री निर्माण गर्दै पाराडाइम ग्रुप

मध्यपुर थिमि बिस्काः जात्रा सम्बन्धि डकुमेन्ट्री निर्माण गर्दै पाराडाइम ग्रुप

सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • मध्यपुर थिमि बिस्काः जात्रा सम्बन्धि डकुमेन्ट्री निर्माण गर्दै पाराडाइम ग्रुप

    काठमाडौं । पाराडाइम ग्रुपले मध्यपुर थिमि बिस्काः जात्रा सम्बन्धि डकुमेन्ट्री निर्माण गर्ने भएको छ । शनिबार मध्यपुर कराते एकेडेमी कमेरेटारको हल नयाँ ठिमीमा डकुमेन्ट्री निर्माणका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

    मध्यपुर प्रर्बधन समाज, मध्यपुर कराते एकेडेमी, समृद्ध मध्यपुर समाज र पाराडाइम ग्रुपको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि क्षेत्रका निकैजना विषयगत विज्ञहरुको उपस्थिती रहेको थियो ।

    काठमाडौ युनिभर्सिटीमा अध्ययनरत श्रुती केसीले खोज अनुसन्धान गरेर तयार पारेको बिस्काःजात्रा सम्बन्धी ऐतिहासिक तथ्य सुनाएर सुरु भएको कार्यक्रममा पर्व तथा सम्पदा विज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो । श्रुती केसीले पाराडाइम ग्रुपका तर्फबाट प्रस्तुति दिएकी थिइन् । 

    मध्यपुर थिमिका पुर्व नगर प्रमुख एवं कार्यक्रम संयोजक मदन सुन्दर श्रेष्ठले चारवटा संस्था मिलेर पृथक ढंगले काम गर्न खोजीएको वताए । ‘बिस्केट जात्रा भन्ने बितिकै ‘कतिपयले भक्तपुरको भन्ने बुझेपनि खासमा मध्यपुर थिमीमा बृहत्त ढंगले सम्पन्न हुन्छ भन्ने बुझाउनु आजको आवश्यकता हो’– संयोजक मदन सुन्दरले बताए । 

    जिब्रो छेड्ने जात्रादेखि सिंदुर जात्रासम्म सबै बिस्काः कै समयमा सम्पन्न हुन्छ । बिस्काः जात्रा पृथक, ऐतिहासिक तथा रोमांचक जात्रा मानिन्छ ।  नयाँ बर्षमा मनाईने यो जात्रा आठ रात नौ दिनसम्म मनाउने चलन छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij