सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी सांसद गिरी पदमुक्त

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी सांसद गिरी पदमुक्त

सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी सांसद गिरी पदमुक्त

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक प्रदेशसभा सांसद पदमुक्त भएकी छिन्  । नागरिक उन्मुक्ति पार्टीकी सांसद रहेकी इन्दिरा गिरी पदमुक्त भएकी हुन् । सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

    नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन् ।

    सूचनामा भनिएको छ, ‘‘ उपरोक्त सम्वन्धमा  राजनीतिक दल सम्वन्धी ऐन २०७३ को दफा ३४ बमोजिम नागरि उन्मक्ति पार्टीको चं.नं.५०४ मिति २०८०/१२/२१ गतेको पत्रबाट प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री भएकी थिइन् । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij