शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा हजुरबुवाले गरे नातिनीलाई मृगौला दान

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा हजुरबुवाले गरे नातिनीलाई मृगौला दान

सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा हजुरबुवाले गरे नातिनीलाई मृगौला दान

    काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय प्यारी नातिनीलाई मृगौला दान गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत सोमबार उक्त मिर्गौला प्रत्यारोपण भएको हो । 

    यस प्रकारका प्रत्यारोपण विश्वमै विरलै पाइन्छ । यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्ने र प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बिचको लैङ्गिक असमानतामा पनि  सुधार गर्न सक्ने कुरा केन्द्र कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । प्रत्यारोपण पश्चात् अङ्गदाता ८१ वर्षीया हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातिनी छैटौँ दिनमा सकुशल डिस्चार्ज भएका छन् । 

    १२ वर्षाको अवधिमा केन्द्रले १२२७ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ  भने २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij