गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । 

    उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबिलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन् ।  यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij