इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, ४ जनाले गराए मनोनयन दर्ता

इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, ४ जनाले गराए मनोनयन दर्ता

शनिवार, चैत्र २४ २०८०
शनिवार, चैत्र २४ २०८०
  • इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, ४ जनाले गराए मनोनयन दर्ता

    काठमाडौं । । अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा ४ जनाको उम्मेदवारी दर्ता भएको छ । पौने एक बजेसम्ममा चार जनाले उम्मेद्वारी दर्ता गराएका हुन्।

    जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गराएका हुन् ।

    यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गरेको र स्वतन्त्रबाट डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेको हुन् भने मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेद्वारी दर्ता गराएका छन्।

    अन्य दलका तर्फबाट पनि उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रममा छन् । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij