रुकुमपश्चिममा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण

रुकुमपश्चिममा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण

शनिवार, चैत्र २४ २०८०
शनिवार, चैत्र २४ २०८०
  • रुकुमपश्चिममा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण

    रुकुम । रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण भएको छ । ३२ हजार ९ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् । भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा ८२ करोड ४९ लाख रुपैयाँ रकम पठाइएको भए पनि सबै रकम खर्च हुनसकेको छैन ।

    चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७५ हजार रुपैयाँ, आठविसकोट नगरपालिकामा २४ करोड ३३ लाख रुपैया, मुसीकोट नगरपालिकामा ४ करोड १५ लाख रुपैया, सानीभेरी गाउँपालिकामा १४ करोड ९६ लाख २५ हजार रुपैया, त्रिवेणी गाउँपालिकामा रु ११ करोड ८१ लाख २५ हजार र बाँफिकोट गाउँपालिकामा ६ करोड ६० लाख २५ हजार रुपैयाँ रकम लाभग्राहीको खातामा निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिए । 

    चौरजहारी नगरपालिकामा ६ हजार २ सय ८९, आठविसकोट नगरपालिकामा नौ हजार तीन सय १३, मुसीकोट नगरपालिकामा एक हजार तीन सय ९३, सानीभेरी गाउँपालिकामा छ हजार दुई सय ५१, त्रिवेणी गाउँपालिकामा चार हजार छ सय ९२ र बाँफिकोट गाउँपालिकामा दुई हजार नौ सय ८३ अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राही कायम भएका छन् । 

    त्यस्तै आठविसकोट नगरपालिकामा नौ हजार सात सय ३२, मुसीकोट नगरपालिका एक हजार छ सय ६०, सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय ८५, त्रिवेणी गाउँपालिकामा चार हजार सात सय २५ र बाँफिकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीको खातामा रकम निकासा भएको छ । 

    यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषमा ४० करोड रुपैयाँ रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेकाहरूको अनुगमन, पहिलो किस्ता पाउँदा गरिएको सम्झौतालगायतका आधारमा स्थानीय तहबाट माग भइआएमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij