ललितपुरको मेटल उद्योग आगलागी, एक जनाको मृत्यु

ललितपुरको मेटल उद्योग आगलागी, एक जनाको मृत्यु

शनिवार, चैत्र २४ २०८०
शनिवार, चैत्र २४ २०८०
  • ललितपुरको मेटल उद्योग आगलागी, एक जनाको मृत्यु

    काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजेको समयमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको जनाइएको छ । 

    विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij