निकिता पौडेलद्वारा सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर

निकिता पौडेलद्वारा सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर

शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • निकिता पौडेलद्वारा सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेका पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेका छन् । पौडेलले विभिन्न मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

    पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।

    काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले पौडेलले सञ्चारमाध्यामविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij