श्रीलंकनहरूलाई काठमाडौंमा ल्याई बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

श्रीलंकनहरूलाई काठमाडौंमा ल्याई बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • श्रीलंकनहरूलाई काठमाडौंमा ल्याई बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

    काठमाडौं । प्रहरीले श्रीलंकन नागरिकलाई काठमाडौं ल्याई बन्धक बनाएको आरोपमा चार पाकिस्तानीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।

    उनीहरूले श्रीलंकन नागरिकहरूलाई वैदेशिक रोजगारको लागि विभिन्न युरोपियन देशमा पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ ।

    काठमाडौंका विभिन्न होटलमा पीडितहरूलाई बन्धक बनाई पासपोर्ट नियन्त्रणमा लिई कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेका थिए ।

    उनीहरूको बिहीबार प्रहरीले उद्धार गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ । उनीहरूमाथि अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij