काठमाडौं । नेपालमा ई–सिगरेट माथि प्रतिबन्ध लगाइने भएकाे छ । विद्युतीय चुरोटको आयात, बिक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाइने बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्तबहादुर केसीले जानकारी दिए ।
सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने निर्देशिकामा ई–सिगरेट प्रयोग, निर्यात, प्रयोग आयत बन्द गर्ने उल्लेख गरेकाले अब छिट्टै कार्यान्वयनका लागि जाने केसीले जानकारी दिए । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिकामा विद्युतिय चुरोटको बिक्री, वितरण र आयात गर्न नपाइने उल्लेख रहेको बताउँदै उनले यो निर्देशिका चाँडै नै कार्यान्वयन हुने जानकारी दिए ।
उनले विद्युतीय चुरोट प्रतिबन्ध लगाउन प्रयास भएतापनि निजी संस्थाले नियम, कानुन, ऐनसम्मत नभएको भन्दै मुद्दा दायरा भएको हुँदा यसमा ठोस कदम चाल्न नसकिएको बताउँदै अहिले भने सो मुद्दामा अदालतले सफाइ दिएको र निर्देशिका कार्यान्वयनमा जान बाटो खुलेको जानकारी दिए ।