बिराटनगरमा भारतीय कन्टेनरकाे ठक्करबाट माेटरसाइकलमा सवार एक महिलाकाे मृत्यु

बिराटनगरमा भारतीय कन्टेनरकाे ठक्करबाट माेटरसाइकलमा सवार एक महिलाकाे मृत्यु

शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • बिराटनगरमा भारतीय कन्टेनरकाे ठक्करबाट माेटरसाइकलमा सवार एक महिलाकाे मृत्यु

    मोरङ । बिराटनगर महानगरपालिका-९ महेन्द्र चोकस्थित सडकमा एचआर ३८ वाई ५४९० भारतीय नम्बरको कन्टेनर गाडीले को.१५ प ७६२७ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-१४ बस्ने ३५ वर्षीया अमिरका कुमारी कुर्मीको मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    प्रहरीले कन्टेनर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij