काठमाडौं । घरबाट नुहाउन हिडेकि एक बालिका भिरबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार छायानाथ रारा नगर पालिका-९ कि अन्दाजी १२ वार्षिया भुमिका रोकायाकाे भिरबाट खसेर मृत्यु भएको हो ।
छायानाथ रारानगर पालिका-९ स्थाइ घर भएकि मृतक भुमिका आमा नन्दाकला रोकाया सङ्ग सदरमुकाम गमगढि स्थित न्युरोडमा भाडामा बस्दै आएकि थिइन् । बिहिवार बिहान अन्दाजी १०:३० बजे आफ्नो बस्ने कोठाबाट नुहाउनकालागि छायानाथ रारा नगर पालिका-२ चैना खोला जादै गर्दा चैना भिरमा खस्दा मृत्यु भएको हाे ।
भिरबाट खसेकि भुमिकालाई तत्काल उपचार गर्न घटना स्थल आसपासमा रहेका सर्बसाधरण र नगरपालिकाका नगर प्रहरीले उद्दार गरि एम्बुलेन्स मार्फत जिल्ला अस्पतालमा पुराएका भएपनि अस्पताल पुगि सके उनको मृत्य भएको प्रहरीले बताएको छ ।