काठमाडौं । दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फाल्दा १९ वर्षिया छात्राको मृत्यु भएको छ । कलजेको पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । गम्भिर घाइते भएकी अधिकारीलाई उपचारका लागि काठमाडौँ ल्याइएकोे थियो ।
उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पोखराकी घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिइन् । उनी विदापछि पोखराबाट हिजो मात्रै कलेज फर्र्किएकी थिइन् ।