भक्तपुर महोत्सव : आज कमल खत्री लगायतका कलाकारले प्रस्तुति दिने

भक्तपुर महोत्सव : आज कमल खत्री लगायतका कलाकारले प्रस्तुति दिने

शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • भक्तपुर महोत्सव : आज कमल खत्री लगायतका कलाकारले प्रस्तुति दिने

    काठमाडौं । आठौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा आज कमल खत्री लगायतका कलाकारले प्रस्तुति दिने भएका छन् । महोत्सवको दोस्रो दिन आज अनित विष्टले कार्यक्रम सञ्चालन गर्ने र गायक कमल खत्री सहित गायिका शोभा त्रिपाठी, गायिका सन्जना श्रेष्ठ, नृत्यमा गिनिज वल्र्ड रेकर्ड राख्ने रुविसा श्रेष्ठ लगायतका कलाकारले प्रस्तुति दिने आयोजकले जनाएका हुन् । 

    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजित उक्त महोत्सव हिजो बिहीबारबाट सुरु भएको छ । ११ दिनसम्म चल्ने उक्त महोत्सवमा सर्वसाधारणका लागि प्रवेश शूल्क ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिकलाई भने निःशूल्क प्रवेश दिइने मेला आयोजक समितिले जनाएको छ । 

    ....jpg

    महोत्सवमा कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहने मेला आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए । संयोजक थापाका अनुसार मेलामा कृषि औजार, सूचना तथा प्रविधि आदिको प्रदर्शनी समेत रहने छ । महोत्सव अवलोकन गर्न ५ लाख भन्दा बढीको उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ । महोत्सवमा करिब १२ करोड रुपैयाँको कारोबार हुने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।

    3.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij