फिफा वरियतामा तीन स्थान तल झर्यो नेपाल

फिफा वरियतामा तीन स्थान तल झर्यो नेपाल

बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • फिफा वरियतामा तीन स्थान तल झर्यो नेपाल

    काठमाडौं ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरीयतामा नेपालको अवस्था खस्किएको छ । फिफा (FIFA) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयातामा नेपाल ३ स्थान तल झरेको हो । 

    नयाँ वरीयतामा नेपाल १७८औं स्थानमा पुगेको छ । फिफाले गत महिना सार्वजनिक गरेको वरीयातामा नेपाल १७५औं स्थानमा थियो ।

    दक्षिण एसियातर्फको शीर्ष स्थानमा रहेको भारत पनि ४ स्थान तल खस्किँदै १२१औं स्थानमा पुगेको छ । यस्तै, माल्दिभ्स १६१औं, बंगलादेश १८४औं, भुटान १८५औं, पाकिस्तान १९५औं र श्रीलंका २०४औं स्थानमा छ ।

    फिफा वरीयताको नयाँ तालिकामा विश्व विजेता अर्जेन्टिना शीर्ष र उपविजेता फ्रान्स दोस्रो स्थानमा यथावत छन् । बेल्जियम एक स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेको छ । इङ्ल्यान्ड चौथो स्थानमा रहँदा ब्राजिल पाँचौं स्थानमा यथावत् छ ।

    यस्तै, पोर्चुगल, नेदरल्यान्ड, स्पेन, इटाली र क्रोएसियाले क्रमशः छैठौंदेखि दशौं स्थान ओगटेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij