आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु

आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु

बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु

    भक्तपुर । बिहीबारदेखि  ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डकोे आयोजनामा भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा बिहीबारदेखि उक्त महोत्सव सुरु भएको हो । 

    महोत्सव ११ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहकाबीच महोत्सवको उद्घाटन गरे । 

    1.jpg

    महोत्सवको उद्घाटन समारोहमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख खत्री तथा भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायत सहभागी थिए । कार्यक्रममा मन्तव्य दिँदै प्रजिअ श्रेष्ठले मेला तथा महोत्सवको सफलताको शुभकामना दिइन् । 

    प्रमुख अतिथिको रुपमा उपस्थित चाँगुनारायणका मेयर खत्रीले सो मेलाले भक्तपुरका स्थानीय रुपमा उत्पादित वस्तुहरुको बजारीकरणमा सहयोग पुग्ने बताए । हाल बाह्य देशका सामानका उपभोग बढ्नाले स्वदेशी उत्पादनको प्रयोग घटेको समयमा मेलाले स्वदेशमै उत्पादित बस्तुहरुबारे सर्वसाधारणमा जानकारी दिने र त्यसको प्रयोगमा वृद्दि समेत हुने खत्रीले बताए । 

    महोत्सवमा कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहने मेला आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए । संयोजक थापाका अनुसार मेलामा कृषि औजार, सूचना तथा प्रविधि आदिको प्रदर्शनी समेत रहने छ । महोत्सव अवलोकन गर्न ५ लाख भन्दा बढीको उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ । महोत्सवमा करिब १२ करोड रुपैयाँको कारोबार हुने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।

    मेलामा सर्वसाधारणका लागि प्रवेश शूल्क ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिकलाई भने निःशूल्क प्रवेश दिइने मेला आयोजक समितिका संयोजक थापाले जानकारी दिए । 

    महोत्सवमा एसियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक र हाँस्यव्यङ्सहितका मनोरञ्जनात्मक प्रस्तुति रहने थापाले बताए ।  

    हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिने छ । अन्तिम दिन भक्तपुरका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने उनले बताए । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत आसपासका जिल्लाका बासिन्दाले महोत्सवबाट लाभ लिन सक्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij