वाइडबडीमा जहाज खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार, पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

वाइडबडीमा जहाज खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार, पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • वाइडबडीमा जहाज खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार, पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

    काठमाडौं । दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ । नेपाल वायुसेवाले निगमले २ वटा वाइडबडी जहाज खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

    शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौली र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij