काठमाडौंका मेयर बालेनलाई एक अर्ब खाएको आरोप लगाउने कर्मचारी पक्राउ

काठमाडौंका मेयर बालेनलाई एक अर्ब खाएको आरोप लगाउने कर्मचारी पक्राउ

बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • काठमाडौंका मेयर बालेनलाई एक अर्ब खाएको आरोप लगाउने कर्मचारी पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारी पक्राउ परेका छन् । मेयरको चरित्रहत्या गरेको आरोपमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल पक्राउ परेका हुन् ।

    पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ । झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

    उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।

    पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij