काठमाडौं । सर्वोच्च अदालतले न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी वैवाहिक बलात्कारको आरोप लागेका गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट गिरीलाई धरौटीमा छाड्न आदेश भएको थियो । न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
मुद्दा दायरपछि न्यायाधीश गिरी निलम्बनमा रहेका छन् ।