९ जना उपसचिवको सरुवा, त्रिभुवन विमानस्थलको अध्यागमनमा मनिता र सीता

९ जना उपसचिवको सरुवा, त्रिभुवन विमानस्थलको अध्यागमनमा मनिता र सीता

बुधवार, चैत्र २१ २०८०
बुधवार, चैत्र २१ २०८०
  • ९ जना उपसचिवको सरुवा, त्रिभुवन विमानस्थलको अध्यागमनमा मनिता र सीता

    काठमाडौं ।  गृहमन्त्रालयले ९ जना उपसचिवको सरुवा गरेको छ। बुधबारको निर्णय अनुसार उपसचिवहरुको पदस्थापन र काज सरुवा गरिएको हो।

    विमानस्थल अध्यागमन कार्यालयमा ३ जना र अध्यागमन विभागमा नयाँ एक जना नयाँ उपसचिव खटाइएको छ । उपसचिव शिवराज सेढाईलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा गरिएको छ। त्यस्तै, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागम कार्यालयमा मनिता श्रेष्ठ र सीता परियारलाई जिम्मेवारी दिइएको छ।

    उपसचिव पुष्कर रानालाई पनि विमानस्थलको अध्यागमन कार्यालयमा सुरुवा गरिएको छ। त्यस्तै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत झंकनाथ ढकाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

    त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीमा रहेका रेवतीरमण शर्मालाई अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा वरिष्ठ अध्यागमन अधिकृतरनिर्देशकमा काज सरुवा गरिएको छ ।

    नयाँ मन्त्रीहरु आएसँगै उपसचिवहरुको सरुवा हुने क्रम बढेको छ भने सहसचिवहरुको अन्तर मन्त्रालय सरुवाका लागि तयारी सुरु भएको छ ।

    ६ चैतमा गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाउँदै ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू फेरेको थियो ।

    22222.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij