काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
मंगलबार प्रतितोला १ लाख ३० हजार ९ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सुनको भाउ प्रतितोला १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो । बुधबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।