भक्तपुरको एक होटलमा प्रहरीको छापा, जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जना पक्राउ

भक्तपुरको एक होटलमा प्रहरीको छापा, जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जना पक्राउ

मंगलवार, चैत्र २० २०८०
मंगलवार, चैत्र २० २०८०
  • भक्तपुरको एक होटलमा प्रहरीको छापा, जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जना पक्राउ

    भक्तपुर । चाँगुनारायण नगरपालिका-५ त्रिशुलडाँडास्थित सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय रेल कुमार तामाङको रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक तामाङ समेत २० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

    अन्य पक्राउ पर्नेमा भक्तपुरका मन ब.थापा, सुमन कासुला, रामेश्वर गौतम र छैकु तामाङ रहेका छन् । त्यस्तै, काभ्रेका दिपेन्द्र थापा, बिध्या सागर ढकाल, सागर नाकलानी, राजु लामा, कैलाश तिमिल्सिना, अर्जुन तामाङ, रबिन थापा, राम कुमार नेपाल, अनिल कुमार मुख्याजु, महेश शाक्य, प्रेम श्रेष्ठ र राम कुमार अधिकारीलाइ पनि प्रहरीले पक्राउ गरेकाे छ । 

    त्यस्तै, मकवानपुरका राजु मोक्तान, काठमाडाैंका मणिराम थापा र रामेछापका राम ब.तामाङ पनि हाेटेलबाट पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij